Ovary Cancer

6214a10425cca

Ovarian Cancer भनेको के हो ?

डिम्बासय (Ovarian) को क्यान्सर Ovary  को कोषिका (Cell)  हरुमा शुरु हुन्छ । महिलाहरुमा पाठेघरको दुवैतिर हुने सानो अण्डा आकारको अङ्गलाई Ovary भनिन्छ । Ovary  महिलाहरुको प्रजनन प्रणालीको एक महत्वपूर्ण भाग हो ।

वयस्क केटी र महिलाहरुमा हरेक महिना Ovary ले अण्डा निकाल्छ जुन प्रत्रिफ्यालाई Ovulation  भनिन्छ। यदि यो अण्डा शुत्रफ्किट (Sperm) संग भेट भएमा बच्चा बन्छ अन्याथा महिनावारीका रुपमा पाठेघरको मुखबाट यो निस्कन्छ, जसलाई मासिकस्राव ( Menstural Cycle)  भनिन्छ । Ovary  ले hormone पनि उत्पादन गर्छ जुन् hormone ले महिलामा प्रजनन अङ्गहरु बिकास गर्दछ । महिलाहरुको उमेर बढ्दै जान्छ र महिनावारीको प्रत्रिफ्या बन्द (Menopause) हुन्छ ।

Ovary Cancer मुख्यतया ३ प्रकारका हुन्छन ।

जुन Ovary को बिभिन्न भागबाट उत्पन्न हुन्छन ।

  1. Epithelial Cell Cancer: यो  ओभरीको बाहिरी भागबाट (ourter surface) आउँछ । यो सबैभन्दा बढी पाइने प्रकारको हो ।
  2. Germ Cell Tumors: यो ओभरीमा रहेका अण्डा/अण्डाको कोषिकाबाट उत्पन्न हुन्छ । यो वयस्क महिलाहरुमा बढी हुने गर्दछ र बालिकाहरुमा पनि देखिन्छ ।
  3. Stranal Tumor: यो ओभरीको वरपरको तन्तु र कोषिकाबाट उत्पन्न हुन्छ ।  यो विभिन्न प्रकारको ओभरी क्यान्सर को उपचार पद्धती भिन्न भिन्न हुन सक्छ ।

ओभरीको क्यान्सरको कारणहरुः

ओभरीको क्यान्सरको कारणहरु यहि नै हो भनेर किटान गर्न सकिने कारणहरु छैनन् तर केही तत्वहरु हुन्छन जसले ओभरीको क्यान्सर हुने सम्भावना बढाउँछ ।

1. उमेर ४०–५० बर्ष

2. पहिले कुनै क्यान्सर (जस्तै स्तन, पाठेघरको, लामो आन्द्रको) भएको छ भने ओभरीको क्यान्सर हुने सम्भावना बढेर जान्छ ।

3. यदि परिवारमा ओभरीको क्यान्सर र स्तन क्यान्सर भएको छ भने

  • जस्तै आमा, छोरी, दिदी, बहिनी र
    • यदि कुनै gene मा खराबी छ भने जस्तै BRCA1 र BCRA2 gene

4. कहिले पनि बच्चा नजन्माएको महिलामा ओभरीको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

5. Hormone Replacement Therapy यदि कुनै उपचारको लागि लामो समय सम्म दिइएको छ भने सम्भावना बढेर जान्छ ।

लक्षणहरुः

ओभरीको क्यान्सरले आफ्नो पहिलो अथवा चाँडैको अवस्थामा कुनै लक्षणहरु नदेखाउन सक्छ । यदि भए पनि निश्चित लक्षणहरु देखिँदैनन् जुन महिलाहरुले खासै ध्यान दिँदैनन् किनकि त्यति वास्ता गरिहाल्नुपर्ने जस्तो देखिँदेन ।

समान्य लक्षणहरुः

  • तल्लो पेट दुख्ने
  • कम्मर दुख्ने
  • पेट बिना कुनै कारण बढ्नु
  • पेटमा मासुको डल्लो जस्तो लाग्नु
  • पेट पफ्लुेको जस्तो, खाना अपच, वाक–वाक लाग्ने
  • कहिलेकहीँ योनिबाट रगत बग्नु
  • चाँडै थाक्नु
  • श्वासप्रश्वासमा समस्या हुनु
  • कहिलेकहीँ पातलो दिसा कहिले कब्जियत हुनु

यि माथिका लक्षणहरु क्यान्सर नभएको अवस्थामा अरु कारणहरुले गर्दा पनि हुने भएकोले समयमा जाँच गराई पक्का गर्नु जरुरी हुन्छ ।

पत्ता लगाउने तरिका

1. माथि उल्लेखित लक्षणहरु देखिए वा आपफ्लुाई केही शंका लागे तुरुन्त चिकित्सकसंग परामर्श लिने र चिकित्सकद्धारा शारिरिक जाँच गराउने । चिकित्सकले विभिन्न जाँच गरी रोग पक्का गर्न सक्दछन् ।

2. Radiological Test

  • Ultrasound of abdomen
  • CT Scan
  • MRI Scans
  • X-rays

यि बिभिन्न जाँच मध्ये १ वा १ भन्दा बढीको प्रयोग गर्न सकिन्छ ।

3. रगतको जाँच (Tumor Marker) Ca-125

यो रगतमा देखिने एक प्रकारको केमिकल हो । यो सामान्य अवस्थामा पनि शरिरमा पाईन सक्छ तर यसको मात्रा थोरै हुन्छ । ओभरी क्यान्सर भएमा यो अधिक मात्रामा बढ्छ तर यो सबै ओभरी क्यान्सरमा बढ्नै पर्छ भन्ने छैन ।

4. मासुको जाँच (FNAC/Biopsy)     क्यान्सर रोग पक्का भएको भन्नलाई मासु जाँचको रिपोर्ट आवश्यक पर्छ र यो शरिरमा आएको गाँठो बाट पनि गर्न सकिन्छ र यदि पेटमा पानी भरिएको छ भने पानी तानेर जाँच पनि गर्न सकिन्छ । यि विभिन्न जाँचहरुको आधारमा चिकित्सकले तपाईँको रोगको अवस्था ढकतबनभण् भन्न सक्दछन र उपचारको तयारी गरिन्छ ।

उपचार

उपचार पद्धति ओभरीको क्यान्सरको stage मा भर पर्दछ र बिरामीको शारिरिक अवस्थामा पनि धेरै भर पर्दछ । यदि शारिरिक अवस्था कमजोर छ भने आवश्यक उपचार दिन नसक्ने सम्भावना पनि हुन्छ जसले रोग पूर्ण रुपमा उपचार हुने सम्भावना घटेर जान्छ । मुख्य उपचार पद्धति

  • शल्यत्रिफ्या (Operation)
  • किमोथेरापी
  • किमोथेरापी र शल्यत्रिफ्या कुन अघि र कुन पछि गर्ने भन्न चाहिँ बिरामीको अवस्था र रोगको कतबनभ ले तय गर्दछ । उपचारको लागि स्त्रीरोग क्यान्सर बिशेषज्ञ र किमोथेरापीको लागि क्यान्सर बिशेषज्ञ संग परामर्श गरी उपचार शुरु गराउनु उपयुत्तफ् हुन्छ ।

उपचार पछीः

क्यान्सरको मुख्य उपचार पुरा भएपछि पनि क्यान्सर रोग बिशेषज्ञ (आफ्नो चिकित्सक) संग समय तालिका अनुसार भेट गरिरहनु पर्दछ । Regular Follow Up जसले गर्दा समयमै समस्या पत्ता लाग्ने र शुरुको अवस्थामा नै उपचारको थालनी गर्न सकिन्छ ।

 

Dr. Eliza Shrestha

Dr. Eliza Shrestha

Gynecologic Oncologist

If you experience symptoms of ovary cancer, Visit Norvic for best treatment of cancer in Nepal. To book an appointment with top doctors for cancer treatment, Please call on 01-5970032.

You can also book appointment online or through whatsapp/viber No. 00977-9880888000

calculator