Handed over a cheque of Rs 2.5 million to a group of five women journalists attempting to climb Mt. Everest

5afd6c627acd0

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २५ औं वार्षिकोत्सव अवसरमा सगरमाथा आरोही प्रथम महिला पत्रकार समूहलाई आर्थिक सहयोग वापत २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

महिला पत्रकार तथा प्रथम महिला सगरमाथा आरोहण समूहकी नेतृ रोजिता वुद्धाचार्यलाई नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले उक्त चेक हस्तान्तरण गरेकी थिइन् । 

रजत महोत्सव मनाउने क्रममा अस्पतलाले नववर्षका दिन एक विशेष कार्यक्रमसहित रजत महोत्सवको सुरुवात गरेको छ । यस अवसरमा स्वास्थ्यवद्र्धक सन्देशसहितको प्रभातफेरी, हस्पिटलका अन्तरङ्ग विरामीलाई फलफूल वितरण, विशेष पूजा र लगत्तै औपचारीक विशेष समारोह आयोजना गर्यो। अर्को औपचारीक समारोह यही वैशाख ८ गते शनिबार आयोजना गर्ने अस्पतालले जनाएको छ। 

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु गरिएको सुरुवाती औपचारीक कार्यक्रममा  पूर्व उप–प्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंह प्रमुख आतिथिका रुपमा सरिक थिए।

 पत्रकारितामा कलम चलाउँदै गर्दा सगरमाथा आरोहणको एक झिल्को उत्पत्ति भएता पनि नर्भिकको प्रोत्साहन र आशीर्वाद पश्चात् मात्र उक्त झिल्को ज्वालामा परिणत भएको उनले बताइन् । आरोही महिला पत्रकारको समूह वैशाख ३ गते सोमबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नेछ ।

सो अवसरमा नर्भिकका सद्भावना दूतद्वयका तर्फवाट बरिष्ठ कलाकार हरिवंश आचार्यले नर्भिक नेपाली स्वास्थ्यसेवाको आस्थापुञ्ज भएको, यसले हजारौं नेपालीलाई स्तरीय स्वास्थ्य सेवाको खोजीमा भौतारिनुबाट जोगाएको, अरबौंको धनराशी विदेशिनबाट पनि जोगाएको र राष्ट्रकै स्वास्थ्य सुधार्न लागि परेको वताए ।

सो अवसारमा का.म.पा वडा नं. ११ मा नर्भिक अवस्थित रहेको हुँदा वडा नंं. ११ का नागरिकलाई स्वास्थ्य सेवामा नर्भिकद्वाारा पु¥याइने विशेष सहुलियत सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा नर्भिकका तर्फवाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह र वडा नं. ११ का तर्फबाट वडा अध्यक्ष हिरालाल तण्डुकारले हस्ताक्षर गरेका थिए । हस्ताक्षर लगतै समारोहका प्रमुख अतिथि पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले केही प्रतिनिधि वडा बासीहरुलाई विशेष सहुलियत कार्ड प्रदान गरेका थिए । सहमति अनुसार वडा नं. ११ का सम्पूर्ण नागरिकहरूले नर्भिकद्वारा प्रदान गरिने स्वास्थ्य सेवामा २० प्रतिशत विशेष छुट प्राप्त गर्नेछन् र जेष्ठ नागरिकहरुलाई विना लाइन प्रथमिकताका साथ सेवा प्रदान गरिने छ। 

सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष बसन्त चौधरीले २५ शैयाबाट सुरु भएको एक सानो स्वास्थ्य संस्थाले २५ औं बसन्त पार गर्दै एक सुनौलो इतिहास बनाएको अवसरमा वडा नं. ११ मात्रै नभएर राष्ट्रका तमाम जेष्ठ नागरिकहरुलाई आफूले सम्मान गर्न चाहेको बताए । सोही अनुुसार अब उप्रान्त ७५ बर्ष माथिका सबै जेष्ठ नागरिकलाई सम्मान, बिना लाइन स्वास्थ्यसेवा पु¥याइने, सेवामा सहुलियतता प्रदान गर्ने र हस्पिटललाई आजको स्तरसम्म पु¥याउने कर्मठ कर्मचारीहरुलाई एक महिनाको पारिश्रमिक बोनसस्वरुप प्रदान गर्ने उद्घोष गरे । साथै सगरमाथा आरोही महिला पत्रकार समूहको आरोहण सफलताको कामना गर्दै सफल आरोहण पश्चात् तिनको स्वागतमा आफू आतुर रहेको बताए । 

calculator