माइग्रेन भनेको के हो ?, कारण, लक्षण, रोकथामका उपायहरु by Dr. Pankaj Jalan

61c5903e0abe4

माइग्रेन भनेको के हो ?


माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो  रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन  जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग  महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि  नै सुरु हुनसक्छ ।

माइग्रेनका कारणहरु


हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रत्तफ्नली र  मस्तिष्क वरिपरिका नसाहरु सुन्निन थाल्दछन् ।

अन्य कारणहरु

  • बढी मानसिक चिन्ता लिनाले
  • चिया र कपिफ् धेरै पिउनाले
  • समयमा नसुत्नाले
  • गुन्द्रुक, तामा तथा शिशीमा राखिएका पुरानो  
  • अचारको सेवनले
  • बढी मात्रामा दुखाई कम गर्ने औषधिहरु  (पेनकिलर) को प्रयोग  तसर्थ माथि दिइएका कारणहरुले माइग्रेन हुने  सम्भावना बढी हुन्छ ।

माइग्रेनका लक्षणहरु


माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे पफ्रक हुने गर्दछन् । ती मध्ये प्रायः

  • टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र तर करिब एक तिहाई  बिरामीमा यो दुखाई टाउकोको दुवै भागमा समेत हुने गर्दछ ।
  • टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
  • यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहिं आँखाका गेडाहरु दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखापर्न सक्छ ।
  • वाकवाकि लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि समेत सहन नसक्ने, हात–खुट्टा चिसो हुने आदि समेत हुनसक्छ ।
  • टाउको दुखाई बल्भिफ्नु भन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाई  लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने आदि समेत  हुन्छ ।
  • त्यस्तै टाउको दुखाई सक्किएको करिब २४ घन्टासम्म बिरामीले  थकान महसूस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो  महसूस गर्ने गर्दछ ।

माइग्रेन कसरी पत्ता लगाइन्छ


माथि दिइएका लक्षणहरुका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन । यदि माथि दिएका लक्षणहरु बिरामीको दुखाईसँग मिल्दैनन् भने  चिकित्सकले मस्तिष्क सम्बन्धी अन्य कुनै परिक्षण गराउन सक्छन्, जस्तैः एम.आर.आई., सिटी स्क्यान आदि ।माइग्रेन रोकथामका उपायहरु


माइग्रेनको कुनै निश्चित उपचार नभएता पनि हामी स्वयम्ले तल  दिएका उपायहरु अपनायौं भने यसको दुखाईबाट धेरै हदसम्म आपूफ्लाई बचाउन सक्छौं ।

  • माइग्रेन क्यापिफ्नले गर्दा बढ्ने भएकोले क्यापिफ्न पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट कम मात्रामा खानु राम्रो हुनेछ,
  • राति एउटै समयमा सुत्ने बानी बसाउने, –पूरानो शिशीको अचार, गुन्द्रूक, तामा जस्ता खानेकुराहरु नखाने,  साथसाथै पिरो कम खाने,
  • राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने,
  • घाममा धेरै नबस्ने, नहिड्ने, यदि घाममा हिड्नु परे छाताको प्रयोग  गर्ने,
  • दुखाई कम गर्ने औषधि (पेनकिलर)को प्रयोग कम गर्ने किनकि त्यस्ताखाले औषधि सेवन बढी गर्नाले टाउकोको दुखाई एकछिन कम  हुन्छ तर पेफ्रि बल्भिफ्न्छ ।

माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । माथि दिइएका उपायहरु अपनाउन सके यसको दुखाईबाट केही हदसम्म आपूफ्लाई बचाउन सकिन्छ र साथसाथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अभफ् सजिलो हुन्छ । किनकि यसले हप्ता वा महिनामा कति पटक टाउको दुख्ने गर्दछ भन्ने थाहा पाउन मद्दत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधि उपचार गर्न सक्नेछन् ।

 

अन्य केही कारणहरु जसले माइग्रेनको दुखाईलाई बढाउन सक्दछन् :

  • कपाल रङ्गाउनाले,
  • कपालमा पुरानो मेथी र तेल लगाउने,
  • राती समयमा नसुत्नाले,
  • कसैलाई च्याउको सेवनले पनि दुखाई बल्भेफ्को आदि पाइन्छ,
  • मनमा धेरै कुरा खेलाउनाले,

यदि तपाई टाउको दुखाईबाट पीडित हुनुहुन्छ भने यस नर्भिक इन्टरनेशनल हस्पिटलको Headache Clinic मा सम्पर्क राख्न सक्नुहुनेछ ।

Dr. Pankaj Jalan

– Dr. Pankaj Jalan

Consultant Neurologist / Medical Director

Norvic International Hospital

If you experience symptoms of migraine, Visit Norvic International hospital, The best hospital in kathmandu and nepal for best treatment of migraine. To book an appointment with top doctors for migraine treatment in Nepal, Please call on 01-5970032.

You can also book appointment online or through whatsapp/viber No. 00977-9880888000

calculator