आँखा डेढो हुनुको कारण र उपचार

5def560a7b27f

केही कुरा हेर्दा आँखा बाङ्गो हुने अवस्थालाई डेढो आँखा भनिन्छ | सिधा आँखाले जती देख्छ, बाङ्गिएको आँखा ले त्यती देख्न सक्दैन |आँखा मांसपेसीको माध्यम बाट चल्छ र केही कारण बस आँखाको मांसपेसी कमजोर भएमा आँखा डेढो हुन्छ |  कसैको एउटा आँखा डेढो हुन सक्छ, कसैको दुई ओटै | एउटा आँखा डेढो छ भने त्यो आँखा अल्छी भएर बस्छ र विस्तारै दृष्टिमा कमी आउँछ। यदि दुवै आँखा पालोपालो गरेर डेढो हुन्छ भने त्यस्तो अवस्थामा दुवै आँखाको दृष्टि बराबर हुने गर्छ। 

आँखा के कारणले डेढो हुन्छ त ?

  • जेनेटिक कारण।  

  • बच्चा जन्मँदा आँखाको नशामा चोट लागेको छ भने पनि डेढोपन हुने गर्छ। 

  • प्यारालाइसिस भएर।

  • कुनै बेला आँखाको मांसपेसी कडा भई आँखामा डेढोपन आउने गर्छ।

  • गलत पावर वाला चस्मा लगाएमा | 

  • आँखाको पर्दामा समस्या भएमा |

  • आँखामा ट्युमर भएमा ।

उपचार  

  • के कारणले आँखा डेढो भएको हो पत्ता लगाउने |

  • आँखाको दृष्टि जाच गर्ने |

  • चस्मा लागाएर दृष्टि ठिक पार्ने |

  • दृष्टि ठिक भएपछि कस्मेटिक शल्यक्रिया गरेर आँखाको डेढोपन हटाउने| 

  • आँखाको पर्दामा समस्याले गर्दा डेढोपन भएको हो भने त्यसकै उपचार गर्नुपर्छ।

  • यदि ट्युमरको कारणले भएको भने शल्यक्रिया गरेर ट्युमर फल्नुपर्छ। 

  • परिवारका अन्य सदस्यलाई पनि डेढोपनको समस्या छ र बच्चाको आँखामा जन्मजात नै डेढोपन देखियो भने त्यस्ता बच्चाको आँखा दुई वर्षभित्रै शल्यक्रिया गर्नुपर्छ। 

  • आँखाको दृष्टि बराबर भयो भने डेढोपनलाई शल्यक्रिया मार्फत सिधा बनाउन सकिन्छ। 

  • यदि टाउकोमा चोट लागेर वा अन्य कारणले मांसपेसी कमजोरी भई प्यारालाइसिस भएर आँखा डेढो भएको छ भने त्यस्ता बच्चाको आँखा थेरापी गराउनुपर्छ। 

calculator