World Breastfeeding Week 2026

August 06, 2026

World Breastfeeding Week 2026

सुरुवाती ६ महिना पूर्ण स्तनपान शिशुको स्वस्थ विकास र भविष्यका लागि बलियो आधार हो।
शिशु जन्मिएपछि सम्भव भएसम्म पहिलो एक घण्टाभित्रै स्तनपान सुरु गरौँ ।
६ महिनासम्म पूर्ण स्तनपान गराऔँ ।🤱
६ महिनापछि उपयुक्त तथा पोषिलो थप आहारसँगै कम्तीमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिऔँ।
यसै सन्दर्भमा नर्भिक अस्पतालले स्तनपान गराइरहेका आमा तथा गर्भवती महिलाहरूका लागि स्तनपानसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अस्पतालका बाल रोग विशेषज्ञ र अन्तर्राष्ट्रिय बोर्ड प्रमाणित स्तनपान परामर्शदाता (IBCLC) डा. परिधि लोहिया र न्युट्रिसन स्पेसलिस्ट तथा ब्रेस्टफिडिङ टेक्निकल एक्सपर्ट शाफिया खातुनले स्तनपानको सही सुरुवात, यसको महत्त्व, स्तनपान गराइरहेका आमाले सामना गर्नुपर्ने चुनौती र शिशुको पोषण तथा स्वास्थ्यका विविध विषयमा जानकारी दिनुभएको थियो ।