December 10, 2019
केही कुरा हेर्दा आँखा बाङ्गो हुने अवस्थालाई डेढो आँखा भनिन्छ | सिधा आँखाले जती देख्छ, बाङ्गिएको आँखा ले त्यती देख्न सक्दैन |आँखा मांसपेसीको माध्यम बाट चल्छ र केही कारण बस आँखाको मांसपेसी कमजोर भएमा आँखा डेढो हुन्छ | कसैको एउटा आँखा डेढो हुन सक्छ, कसैको दुई ओटै | एउटा आँखा डेढो छ भने त्यो आँखा अल्छी भएर बस्छ र विस्तारै दृष्टिमा कमी आउँछ। यदि दुवै आँखा पालोपालो गरेर डेढो हुन्छ भने त्यस्तो अवस्थामा दुवै आँखाको दृष्टि बराबर हुने गर्छ।
आँखा के कारणले डेढो हुन्छ त ?
जेनेटिक कारण।
बच्चा जन्मँदा आँखाको नशामा चोट लागेको छ भने पनि डेढोपन हुने गर्छ।
प्यारालाइसिस भएर।
कुनै बेला आँखाको मांसपेसी कडा भई आँखामा डेढोपन आउने गर्छ।
गलत पावर वाला चस्मा लगाएमा |
आँखाको पर्दामा समस्या भएमा |
आँखामा ट्युमर भएमा ।
उपचार
के कारणले आँखा डेढो भएको हो पत्ता लगाउने |
आँखाको दृष्टि जाच गर्ने |
चस्मा लागाएर दृष्टि ठिक पार्ने |
दृष्टि ठिक भएपछि कस्मेटिक शल्यक्रिया गरेर आँखाको डेढोपन हटाउने|
आँखाको पर्दामा समस्याले गर्दा डेढोपन भएको हो भने त्यसकै उपचार गर्नुपर्छ।
यदि ट्युमरको कारणले भएको भने शल्यक्रिया गरेर ट्युमर फल्नुपर्छ।
परिवारका अन्य सदस्यलाई पनि डेढोपनको समस्या छ र बच्चाको आँखामा जन्मजात नै डेढोपन देखियो भने त्यस्ता बच्चाको आँखा दुई वर्षभित्रै शल्यक्रिया गर्नुपर्छ।
आँखाको दृष्टि बराबर भयो भने डेढोपनलाई शल्यक्रिया मार्फत सिधा बनाउन सकिन्छ।
यदि टाउकोमा चोट लागेर वा अन्य कारणले मांसपेसी कमजोरी भई प्यारालाइसिस भएर आँखा डेढो भएको छ भने त्यस्ता बच्चाको आँखा थेरापी गराउनुपर्छ।