पित्तको थैलीको पत्थरी बारे ६ तथ्य

November, 08, 2019 news detail

पित्तको थैली भनेको के हो?

पित्तको थैली बेलुन आकारको हुन्छ। यो हाम्रो कलेजोको तल्लो भागमा अवस्थित हुन्छ।

पित्त को थैली को काम के हो?

पित्तको थैलीले कलेजोले बनाएको पित्त् जम्मा गर्दछ ।

पित्तको थैलीमा कसरी पत्थरी बन्छ र यसले के के समस्या दिन्छ  ?

पित्त बिग्रिएर जम्मा हुँदै गयो भने , त्यसले ढुङ्गा को आकार बनाउछ । यदी त्यो ढुङ्गा पित्तको थैलीको मुखमा आयो भने अड्किन्छ र दुख्छ। कसै कसैको पित्तको थैलीमा स्टोन भएपनी नदुख्ने हुन्छ, र यस्तो ढुङ्गा भिडियो एक्सरे गर्दा मात्र पत्ता लाग्छ । दुखाइ नहुँदा सम्म यो ढुङ्गालाई केही गर्नु पर्दैन तर त्यो ढुङ्गा पित्त को थैलीको मुख मा आयो भने दुखाइ सुरु हुन्छ, यो दुखाइ सधैं भइरहदैन, घरी दुख्ने घरी नदुख्ने हुन सक्छ 

यसका अरु लक्षण के के हुन?

पित्तको थैली मा पत्थरी हुँदा पेट को दायातिर दुख्छ, बान्ता हुन्छ, कुनै कुनै केसमा पित्त अड्कियेर थैली सुन्नियेको हुन सक्छ, यस्तो भयेमा इमर्जेन्सी अपरेसन गर्नु पर्ने हुन्छ। यस्तो अवस्थालाइ पित्त पाकेको अवस्था भनिन्छ र यसले ज्वरो पनि आउछ  

पित्तको थैलीको स्टोन औसधी खायेर गलाउन मिल्छ ?

मिल्दैन, नेपालमा मात्र होइन सन्सार को जुनै ठाउमा गयेपनि अपरेसन नगरि यसको उपचार हुदैन

यसको अपरेसन कसरी गरिन्छ ?

बिगतमा चिरेर अपरेसन गरिन्थ्यो भने अहिले  दुर्बिनले सानो सानो प्वाल पारेर गरिन्छ, यो अपरेसन गरेका बिरामीहरु एक दिनमै घर जान सक्ने हुन्छन् , घाउमा टाका लगाइन्छ र एक हप्ता पछी टाका झिकिन्छ

थप जानकारीको लागि 
 

embulance EMERGENCY